सिन्धुपाल्चोक जिल्लाको तातोपानी,कोदारी,नादुङ,मार्मिङ लगायत गाविसहरुमा स्थानिय बाहेक ५ सय बढि गाविस बाहिरका व्यक्तिहरु फसेको जानकारी आएको छ । त्याँहा कुनै पनि सहयोग नपुगेको तातोपानी गाविस मितेरी क्लबका हेम गुरुङले बताउनु भयो । उहाँले रेपिड रेस्पोन्स टिममा चाईनाको नम्बरबाट स्काईपमा सम्पर्क गरेर त्याहाँको अवस्था जानकारी गराउनु भएको हो ।
त्यहाँको अवस्था बारे आएका जानकारीहरु :
१. ५ सय भन्दा बढि विदेशि लगायत बाहिरि जिल्लाका व्यक्तिहरु फसेको ।
२. ५० भन्दा बढि लासहरु यत्र तत्र छरिएर दुर्घन्धित अवस्थामा छन् ।
३. १८ जना चाईनिज मुलका जस्ता देखिने मंगोलियन अनुहार भएकाहरुको लास तातोपानी गाविसमा रहेको एक गाडिभित्रै रहेको छ ।
४. सनाखत नभएको ७ वटा दुर्घन्धित लासको दाहसंस्कार आज गरियो ।
५. फसेकाहरु मध्ये अधिकांश मध्य पश्चिमान्चलको रहेका छन् ।
थप जानकारीका लागी : earthquake.response (Skype) , 9843699155 (Nirmal/Rapid Response Team)
UPDATE:
१. फसेका मध्ये केहिको हेलिकप्टरबाट रेस्क्यु सुरु गरिएको छ । जसमध्ये ४८ जनाको रेस्क्यु भएको स्थानिय मितेरि क्लबका हेम गुरुङले बताएका छन् ।
0 comments