भोटसिपा सिन्धुपाल्चोक मा १ जना बालक सहित १२ जनाको मृत्यु भएको जानकारी आएको छ । त्यहाँ रहेको घर पुगेर ठमेल आईपुग्नु भएका व्यापारी शंकर न्यौपाने (४१०४५७९४)ले र्यापिड रेसपोन्स टिमसँग टेलिफोनमा बताउनु भएअनुसार वार्ड नं ९ स्थित माझी गाँउमा मात्रै ७ जनाको मृत्यु भएको छ । यसै गरि झुलुङ्गे, नेपानेमा ६॰ घर ध्वस्त भएका छन् भने हालसम्म कुनै राहत सामाग्री पुग्न सकेको छैन । शंकर न्यौपानेले जानकारी गराउनु भए अनुसार त्यहाँ टेन्टलगायत खाद्य सामाग्री अत्यावशक रहेको छ ।
बाटो: सिन्धुपाल्चोकको मेलम्चीबाट सुक्ता वेसी, त्यहाँबाट सिपाघाट हुँदै १४ किलोमिटर पर ।
0 comments