रसुवाका
स्थानिय बिकास
अधिकारी गजेन्द्र ठाकुरले रेपिड रेस्पोन्स टिमलाई दिएको बिबरण अनुसार रसुवा
जिल्लामा शनिबार आएको महाभुकम्पले
३०४ जनाको ज्यान लिएको छ । साथै
८०० मानिस घाइते भएका छन ।
घाइत मध्धे १७९ अवस्ता गम्भिर
भएका कारण उपचार गर्ने काठ्माडु
लगिएको छ र
केहि भने उपचार पछी घर फर्केका
छन । भूकम्पले
९५%
घर
पूर्ण रुपमा क्षति भएका छ्न
। पानीको आभाब नभएता पनि राहत थोरै पुगेकाले खानाको समस्याले
मानिसलाई पिरोलन थालेको छ । ३६०००
जनासंख्या भएको रसुवामा सरकारले १८०० पाल पठाए पनि आधी परिवार
खुल्ला आकास मुनी बस्न बाध्या
भएका छ्न ।
दैनिक
उपभोग समाग्रीहरुको आभाब भएको छ । माथिल्लो
भेगमा हिउ परेर अझ अवस्था
गाह्रो अवस्था भएको छ ।
0 comments