ठमेलमा व्यापार गर्नु हुने नुवाकोट जिल्ला वेलकोट २ धमलेका अशोक तिवारी (९८५१०३५१७१) ले र्यापिड रेस्पोन्स टिमलाई टेलिफोनबाट त्यहाँ ४०० घर बस्न नमिल्ने गरि भत्किएको बताउनु भएको छ । त्याहाँ हाल सम्म राहत नपुगेको बताउनु हुँदै चौपायाको क्षति अत्याधिक भएको जानकारी दिनु भयो । मरेका चौपायाको व्यवस्था हुन नसक्दा त्यहाँ रोगको महामारी फैलन सक्ने सम्भावना समेत रहेको छ ।
उहाँले जानकारी गराउनु भए अनुसार नजिकैको रातमाटे गाविसमा १९ गते जम्मा ५० वटा पाल पुगेको थियो । ३ सय घर धुरी रहेको सो गाविसमा ५० वटा पाल पुग्दा गाँउलेहरु बिच नै कुटाकुट भएको थियो । कुटाकुट पछि प्रहरीले पाल वितरण गर्न नसक्दा पुगको ५० पाल पनि थन्काएर राखिएको छ ।
0 comments