वैशाख१२ गतेको भुकम्पको पिडाबाट उठ्न नपाउँदै गत मंगलबार गएको भयानक पराकम्पनको समस्याले दोलखा जिल्लालाई थप आहत बनाएको छ । आमसंचारका माध्यमले दोलखामा भएका क्षतिहरुका बारेमा देखाईरहेका छन् तर राहत सामाग्री र पुर्ण उद्धार कार्य भने त्याँहा अझ हुन सकेको छैन । पहिरोको कारण पुरिएको सिङ्गटिबाट लामाबगर जाने बाटो अझ खुल्न नसक्दा लामाबगर र त्यस वरिपरिको गाविसहरुको जोखिम थप बढेको छ । स्थानिय बाबुकाजी कार्की (9844305080) ले रेपिड रेस्पोन्स टिमलाई जानकारी गराउनु भए अनुसार लामाबगर क्षेत्र अझ बिजुली आएको छैन । बिजुलिको अभावमा मोबाईल जस्ता संचार माध्यमले लामो समयसम्म काम नगर्ने उहाँले बताउनु भयो । मानविय र अन्य क्षतिको पुरा पुरी विवरण आईनसकेको बताउदै अझै केहि व्यक्तिहरु भत्केका घरको संरचनाहरुले पुरिएर रहेका छन् । त्यस क्षेत्रका ५ सय घर पुर्ण प्रभावित भए पनि २०-३० वटा पालहरु र ५० देखि ६० केजि चामल मात्र हालसम्म राहतका रुपमा पुगेको उहाँले बताउनु भयो । स्थानिय व्यक्ति र संस्थाहरुले केहि सहयोग गरेको भए पनि सरकारको पक्षबाट हालसम्म कोहि नपुगेको कार्कीले बताउनु भयो । उहाँले प्रधानमन्त्री शुशील कोईरालाले भ्रमण गरि राहत पुग्ने आश्वासन दिएको भए पनि हालसम्म बाटो समेत नखुलेको पिडा पोख्नु भयो । सदरमुकाम चरिकोटमा केहि दिन अघि ५०० पाल मात्र पुगेपछि वितरणमा समस्या आउदा आर्मीले वितरण नगरि राखेको उहाँले बताउनु भयो ।
अपडेट: लामाबगरमा करिब १५० मानिस उद्दार हुन नसकि फसी रहेका छन् ।
0 comments