नुवाकोटको झिलिङ गाविसमा राजनितिक पहुँचका आधारमा राहत वितरण हुँदा पहुँच हुनेहरुले मात्र राम्रा राहत प्राप्त गरेको जानकारी आएको छ । गरिव र वास्तविक पिडितहरुले भने घाम पस्ने र सजिलै च्यातिने पातलो प्लास्टिक मात्र पाएको स्थानिय एकल महिला लक्ष्मी फुयाँलले रेपिड रेस्पोन्स टिमसँगको टेलिफोन सम्पर्कमा यस्तो जानकारी दिनु भएको हो । उहाँले त्यस गाविसमा राहतको रुपमा चामल, दाल, नुन-तेल, ब्ल्याङ्केट, पाल, भाँडा आए पनि राजनितिकरुपमा पहुँच भएकाहरुले मात्र पाएको बताउनु भयो ।
हाल त्यस गाविसमा सय भन्दा धेरै परिवार पातलो प्लास्टिकको सहारामा रात काट्न बाध्य छन् । सरकारले प्रति परिवार वितरण गरेको ७ हजार रुपैयाँ भने सबै परिवारले पाएको बताउदै उहाँले राहत वितरणमा भने राजनितिक पहुँच हावी देखिएको जानकारी दिनु भयो । केहि राहत हराएको भन्दै त्यहाँका राजनितिक दलका नेताहरुले आफन्तलाई मात्र राहत बाँडेको समेत बताउनु भयो ।
राहत वितरणमा एकल महिला, बालबालिका, वृद्धवृद्धाहरुलाई प्राथमिकतामा राखेर वितरण नभएको जानकारी आएको छ ।
साथै त्यस गाविसमा मरेका चौपाया र लडेका घरहरुको व्यवस्थापन हुन नसकि रोगको महामारी फैलन सक्ने डर पनि रहेको छ । त्यहाँका अधिकाँश घर लडेको र बचेका पनि बस्न नसकिने अवस्थाको छन् भन्ने जानकारी उहाँले गराउनु भयो ।
यदि तपाई वा तपाईको संस्थाबाट झिलिङ गाविसमा सहयोग पुर्याउन सकिन्छ भने एकल महिला लक्ष्मी फुयाँललाई सोझै 9849378392 मा टेलिफोन गर्नुहोला । झिलिङ गाविससम्म सडक माध्यमबाट पुग्न सकिन्छ ।
त्यस गाविसका बारेमा @suikriti_24ले हामीलाई ट्विटरका माध्यमबाट जानकारी गराउनु भएको थीयो ।

0 comments